किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तह हो। किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको उत्तर पश्चिम भागमा अवस्थीत छ । यस गाउँपालिकाको पुर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको खनीयाबास गाउँपालिकाका साथै रसुवा जिल्लाको उत्तरगया गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ। यस गाउँपालिकाको क्षेत्रफल ८२.५७ वर्ग कि.मि रहेको छ ।यस गाउँपालिका समुन्द्र सतहबाट करीव ६२५ मिटर देखि करीब ४२०० मिटर उचाईसम्म रहेको समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको स्थानीय तह