FAQs Complain Problems

ताजा समाचार

संगठनात्मक स्वरुप

मिति २०७३÷११÷२७ गते स्थानिय तहको निर्माण  संगै नुवाकोट जिल्लाको साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना गा.वि.स.हरु मिलेर किस्पाङ गाउँपालिका बनेको हो । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपुर्ण यस गाउँपालिकाको पूर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्ला कै मेघाङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको रुविभ्याली गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको यस किस्पाङ गाउँपालिका समुन्द्र सतहदेखी ६०० फिट उचाई देखी ५२५० फिट उचाईको सतह सम्म फैलिएको भूभाग रहेकोको यस गाउँपालिकामा राष्ट्रियस्तरकै चर्चित र निर्माण अन्तिम चरणमा रहेको  ६० मेगावाट क्षमताको त्रिशुली थ्री ए जलबिद्युत आयोजना, निर्माणधिन अबस्थामा रहेको ३७ मेगावाट क्षमताको त्रिशुली थ्री वि जलविद्युत आयोजना यसै गाउँपालिका भित्र रहेको छ । त्यसै हालै निर्माण कार्य प्रारम्भ भै रहेको ५५ मेगावाट क्षमताको  मध्यगंगा जलविद्युत आयोजनाको हेडगेट समेत यसै गाउँपालिका भित्र रहेको छ । त्यति मात्रै नभएर राष्ट्रको गौरवशाली आयोजना एंव त्रिदेशिय ब्यापरिक मार्गको रुपमा परिचित गल्छी रसुवागढी मार्ग समेत यस गाउँपालिका हुदै गएको छ । घना जंगल, अनकन्टार भिर पाखा देखी  समथर खेतियोग्य भुभाग समेत रहेको यस गाउँपालिका भित्र जम्मा जनसंख्या १४८६१ र क्षेत्रफल ८२.५७ वर्ग कि.मी रहेको छ  । तामाङ जातिको बाहुल्यता रहेको यस क्षेत्रमा ब्राम्ह्ण, क्षेत्री, घले, दलित समुदायको मिश्रित बस्ती भएको यस गाउँपालिकमा विविध भाषा,सस्कृति,रहन सहन रहेको छ । सामाजिक ,सास्कृतिक एंव प्राकृतिक रुपमा धनी रहेको यस गाउँपालिका भित्र  अदभुत पुर्ण मनोरम हिमश्रृखलहरुको  दृष्यावलोकन गर्न सकिने फिकुरीको डाँडा र अन्य प्रशस्त मनमोहक स्थानहरु भएको यस गाउँपालिकामा भाल्चे गोङगा भञ्ज्याङ,रुपचेत सिङला, गणेश हिमाल हुदै गोरखाको अरुघाट र रसुवाको सोम्दाङ पर्यटकिय पर्थमार्ग समेत रहेको छ   ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जन प्रतिनिधि

वडामा कार्यरत कर्मचारीहरु

//