संक्षिप्त विवरण

नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २२ गतेको निर्णय तथा फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार किस्पाङ गाउँपालिका बागमती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्लाका १२ वटा स्थानीय तह मध्ये एक गाउँपालिका हो। यस गाउँपालिकाको नामाकरण वडा नं. ३ काहुलेमा रहेको एक प्रसिद्ध धार्मिक स्थल किस्पाङ पोखरीको नामबाट राखिएको हो । यस गाउँपालिकाको पूर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको खनीयाबास गाउँपालिकाका साथै रसुवा जिल्लाको उत्तरगया गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम विदुर देखि यस गाउँपालिकाको केन्द्रसम्मको दुरी करिव २५ कि.मि. रहेको छ। साविकका ५ वटा गा.वि.स. हरु भाल्चे, फिकुरी, काहुले, साल्मे र मनकामना समेटिएको छ। नयाँ संरचना अनुसार यस किस्पाङ गाउँपालिकामा ५ वटा वडाहरु रहेका छन्।

यस किस्पाङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, किस्पाङ-३, काहुलेमा रहेको छ। यस गाउँपालिकाको क्षेत्रफल ८२.५७ वर्ग कि.मि रहेको छ। यस गाउँपालिका समुन्द्र सतहबाट करिब ६२५ मिटर देखि करीब ४२०० मिटर उचाई सम्म रहेको समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको स्थानीय तहको रुपमा चिन्न सकिन्छ। यस गाउँपालिकाको जनसंख्या १४,२३५ रहेको छ। यस क्षेत्रको ८० प्रतिशत भाग भिरालो तथा पहाडी भाग रहेको छ भने बाँकी २० प्रतिशत बेसी तथा मैदान रहेको छ।

आधारभूत जानकारी
Bagmati
Nuwakot
गाउँपालिका
82.57 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 14235
Male 6946
Female 7290
Other 1
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -

Coordinates: 28.003506° N, 85.134197° E